×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

इन्टरनेशन लायन्सले सरकारलाई दियो ५७ लाखको स्वास्थ्य सामग्री

१४ बैशाख २०७७

१४ वैशाख, काठमाडौं ।
‘द इन्टरनेशन ल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

क्लबले आइतबार मन्त्रालयमा स्वास्थ्यतथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगीमनहरुको साथ र सहयोगका कारण नेपालले कोरोनाभाइरस महामारी विरुद्धको लडाईमा सफलता पाउँदै गएको बताए ।

Advertisement
Advertisement

उनले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षको साझा अभियानका कारण नेपालकोभिड–१९ विरुद्धको लडाईमा सफल हुँदै गएको बताए । अप्ठेरो परेको बेला राज्यसँग सँगै छौं भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई उच्च जोखिम भएको मुलुकबाट हटाएको बताए ।

उनले सबैको सहयोग मिलेको कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।  लायन्स क्लबले मन्त्रालयलाई २ हजार सेट पीपीइ, ५ हजार थानएन९५ मास्क, सर्जिकल ग्लोभ्स ५ हजार थान र एक्जामिनेसन ग्लोभ्स २० हजार थान उपलब्ध गराएको छ ।

Advertisement
Advertisement

यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावस्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top