×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अब निजी अस्पतालबाट पनि कोरोनाको परीक्षण हुने

१५ बैशाख २०७७

१५ बैशाख, काठमाडौँ ।
सरकारले नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धि मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण नीजि प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर नीजि प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

Advertisement
Advertisement

यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् ।

यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताए । कोरोनालाई दोस्रो चरणमा नै सिमित राख्न लक डाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९ सय ६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ र बागमती प्रदेशमा ७ हजार ६ सय २६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार १ सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

Advertisement

अहिले २० हजार १ सय ९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top