काठमाडौं, चैत १७
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महिला तथा बालबालिकामाथि हिंसा हुन नदिने गरी नेपाल प्रहरीले अनुसन्धानको कामलाई अघि बढाएको बताएका छन् । प्रहरी महानिरीक्षक अर्यालले नविन सोचका साथ सेवाग्राहीको सेवामा तल्लिन रहन पनि प्रहरी कर्मचारीलाई सचेत गराए ।
बाँकेमा महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटन गर्दै उहाँले अझै उत्साह र उर्जाका साथ जनताको सेवामा समर्पित हुन पनि नेपाल प्रहरीलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक अर्यालले महिला तथा बालिबालिकाविरुद्ध हुने हिंसामा लापरबाही गर्ने प्रहरी कर्मचारीलाई आफूले कडा कार्वाही गरेको पनि स्मरण गराए । प्रहरी महानिरीक्षक अर्यालले सेवाग्राहीलाई अनुभूत हुने गरी काम गर्नु नेपाल प्रहरीको कर्तव्य भएको पनि बताए ।