जिल्ला प्रहरी प्रमुखसँग प्रदेश १ का प्रहरी प्रमुखको भिडियो कन्फ्रेन्स

१६ बैशाख ७७, बुधबार

१७ वैशाख, विराटनगर ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मातहतका जिल्लाप्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गरेका छन् ।

भिडियो कन्फ्रेन्स मार्फत मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्दैशन दिदै उनले बन्दाबन्दीको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्रीसहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लागी पर्न निर्देशन दिए ।

त्यसैगरी बन्दाबन्दीको समय लम्बिदै जाँदा हुन सक्ने घरेलु हिंसा, महिला तथा बालबालिकामाथीहुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिए । अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन पर्ने बताए ।

Advertisement

साथै नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानूनको परिधिमा रहेर प्राप्त निर्दैशनलाई उच्च प्राथमिकतामा राखी शुन्य सहनशिलतामा रहीकामगर्न निर्देशनदिएका छन । बन्दाबन्दीको अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्नसिमावर्ती क्षेत्रहरुमाबिशेष ध्यानदिई कामगर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्थामिलाउनहुन समेत निर्देशन दिएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top