शङ्कास्पद लक्षण देखिएपछि स्वास्थ्यकर्मीकै स्वाब परीक्षण

१७ बैशाख ७७, बिहीबार

१८ वैशाख, बागलुङ ।
कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ ।

दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो ।

Advertisement

चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । “सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भने, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ ।” (रासस)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top