आफूलाई अपहरण गरेको भन्दै सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालविरूद्ध यादवद्वारा मानव अधिकार आयोगमा निवेदन

१८ बैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन्।

Advertisement

अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।

Advertisement

काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए । सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top