राज्यमन्त्रीको पहलमा नागार्जुन नगरपालिकामा निशुल्क खाना

१८ बैशाख ७७, शुक्रबार

१९ बैशाख, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी राखिएको छ ।

लक डाउनका कारण नागार्जुन नगरपालिका र महानगरको वडा नम्बर १६ मा खाना नपाएका नागरिकहरुलाई खाना खुवाउने अभियान जारी रहेको छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पु¥याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए ।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरक्षेत्रका १० वटै वडामा पहिलो चरणमा खाद्य सामग्री वितरण गरिएपनि दैनिक राहत बाँड्न समस्या भएकाले अहिले मेसबाट खाना खुवाइरहेको बताइन् ।

Advertisement

सानो भ¥याङ लगायतका ठाउँमा बेलुकीको समयमा पनि खाना खुवाइरहेको उनले बताइन । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लक डाउन गरेको छ ।

लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विभिन्न शहरमा कोठामा भाडामा बस्ने विद्यार्थीहरु समस्यामा परेका छन् । विभिन्न स्थानीय तहहरुले अहिले आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई राहत वितरण गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top