×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पद गुम्दा पनि कार्यरत वडाध्यक्ष

२१ बैशाख २०७७

२१ बैशाख, बैतडी ।

बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो ।

Advertisement
Advertisement

आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिए । धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । पछि उनले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

धामीले नेकपामा प्रवेश गरेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगले निर्णय गर्दै डिलासैनी गाउँपालिका–७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो ।

Advertisement
Advertisement

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–१० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top