बुधबार वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

२३ वैशाख, वीरगञ्ज ।
वीरगन्जमा बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले संक्रमित सबै एकै परिवारका रहेको जानकारी दिए ।

Advertisement

आइतबार वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनका परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएकोमा परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत छन् । उनीहरुले लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । तर ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको अस्पतालका अधिकारीहरूले बताएको छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top