प्रदेश १ अपडेट : ६ जना डिस्चार्ज,४२ जना आइसोलेसनमा

२४ बैशाख ७७, बिहीबार

२४ बैशाख, विराटनगर ।
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ ।

पिसिआरबाट १ हजार ७ सय ३२ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल १ हजार ६ सय ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top