बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

२४ वैशाख, काठमाडौं ।
बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

मनामास्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखिममा रहेका धेरै नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।’

उनका अनुसार ७९ जना नेपाली महिलालाई कम्पनीको क्याम्पमा नै १० दिनदेखि निगरानीमा राखिएको छ । उहाँहरुले तलब नआएको बताएपछि हामीले खानाको प्रबन्ध गरिदिएका छौं’, उनले भने ।

Advertisement

कोरोना संक्रमित व्यक्ति केही क्याम्पमा फेला परेपछि बहाराइनले धेरै क्याम्पबाट कामदारलाई हटाइएको छ । बहराइनमा संक्रमितमध्ये १९ सय ५० जनाको उपचार भइरहेको छ । १७ सय ६२ जना निको भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top