नेपालमा २४ घण्टामा साढे १४ सय परीक्षण, संक्रमित भेटिएनन्

२५ बैशाख,काठमाडौँ ।
पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो ।

अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् । यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो । अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २४ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

Advertisement

अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top