×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामुदायिक अस्पताललाई दुई करोड सहयोग

१९ चैत्र २०७४

बाबियाचौर, म्याग्दी, १९ चैत   बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् ।

प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु सत्तरी लाख मूल्य पर्ने पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा  हुन् । शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गरेका थिए। स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिए ।

Advertisement
Advertisement

पात्लेखेतमा आइतबार प्रदेशसभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा सहयोगदाता शर्माका छोरा रमेशले सहयोगको घोषणा गर्दै अस्पताल सञ्चालनको वातावरण बनाउन सहयोगका लागि आग्रह गरे । सरकारले अनुमति नदिँदा दुई वर्षअघि निर्माण गरिएको सामुदायिक अस्पतालको भवनमा हाल पात्लेखेत स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।

Advertisement
Advertisement

शर्माले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गरेका छन् । शर्मा परिवारले जग्गा र भवनमा करीब रु एक करोड ७५ लाख सहयोग गरेको सदस्य रकालले जानकारी दिए । पात्लेखेतमा सामुदायिक अस्पताल सञ्चालन भएमा घतान, पात्लेखेत, वाखेत, पाखापानीका बासिन्दालाई स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको छ ।
रासस

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top