×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नेपालगंजमा थपिए एक जना कोरोना संक्रमित ,संक्रमित पुगे १ सय २

२६ बैशाख २०७७

२६ वैशाख, काठमाडौं ।

थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ । नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

Advertisement
Advertisement

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष रहेका छन् । अहिले सम्म संक्रमित हुनेमा ७४ जा पुरुष र २८ जना माहिला रहेका छन् । यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको उनले बताए । यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ ।

अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताए । प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रेका छन् । यस्तै आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् ।

Advertisement

अहिले सम्म कुल पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ । यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ । स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पीसीआर टेस्टिङ किट उपलब्ध गराएको छ । किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तिब्रता दिइने प्रवक्ता देवकोटाले बताए । त्यसका लागि सकरारले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उनले बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top