२६ वैशाख, काठमाडौं ।
वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंह दरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन् ।
यस्तै ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् । लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । प्रहरीले उनिहरुको भिडलाई तितरबितर पार्न खोज्दा उनिहरु प्रहरी माथि नै जाइ लागेका थिए । अहिले प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले यसअघि पनि स्वादेश फिर्ता हुन पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए भने पर्यटन वोर्डमा समेत पुगेका थिए ।
उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् ।