मोटरसाइकल चोरीका अभियुक्त पक्राउ

१९ चैत ७४, मंगलबार

इटहरी, २० चैत ः सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ ।
को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेको बताइएको छ ।
यसैबीच सुनसरी जिल्ला, कोशी गाउँपालिका– ६ निवासी २२ वर्षीया पुजनी भनिने पूजादेवी सरदारको एक वर्षअघि हत्या गरी फरार रहेका अभियुक्त अजय कडरियालाई सोमबार पक्राउ गरिएको छ ।
सप्तरी, कंकालिनी नगरपालिका– ३ माइती भई वैवाहिक जीवन बिताइरहेकी पूजालाई उनका श्रीमान् अजयले कर्तव्य ज्यान गरी हत्या गरेको खुल्न आएको र अभियुक्त फरार रहेकाले उनलाई खोजतलास गर्ने क्रममा सोमबार फेला परेको बताइएको छ । अभियुक्तमाथि जिल्ला अदालत सुनसरीमा ज्यान मारेको अभियोगमा कारबाहीका लागि अनुसन्धान अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top