३० बैशाख, दार्चुला । दार्चुलाको कालापानी क्षेत्र नजिकै राख्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका लागि सशस्त्र प्रहरी लिएर हेलिकप्टर त्यसतर्फ जान लागेको हो।
दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि सशस्त्र प्रहरी लैजान लागिएको हो।
गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो।
भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो।

