जंगलमा च्याउ खोज्न जाँदा पाखाबाट लडेर एकको मृत्यु

८ जेठ ७७, शुक्रबार

९ जेष्ठ, ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण-७ दोल्पुका ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पाको खर पाखाबाट लडी २ मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेरसम्म पनि घर नफर्कीएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top