नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

१० जेठ,काठमाडौँ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।

असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब चाँडै नै बाटो निर्माण कार्य सुरु हुने छ ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए ।

Advertisement

व्यास गाउँपालिकामा पर्ने छाङरु र टिङ्करका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न ठूलो समस्या छ । व्यास गाउँपालिकामा पर्ने मौरी भीरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या भएको हो ।

घाँटीबगर र मौरी भीर इलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माण गर्न सेना खटिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

सम्बन्धित समाचार

Scroll to Top