सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

११ जेठ ७७, सोमबार

१२ जेष्ठ, सप्तरी ।
सप्तरीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । गत जेठ २ गते भारतबाट आएका उनीहरु आफनै पालिकाको क्वारेन्टाइनमा बस्दै आएको यादवले बताए ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइँदै छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ । यसअघि जिल्लाका डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार भारतबाट पछिल्लो समय आउनेहरुको क्रम बढेकोले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ । अहिले १ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

यसैबीच अब राजविराजमै पीसीआर परीक्षण हुने भएको छ । प्रदेश सरकारले राजविराजमा पीसीआर प्रविधिबाट परीक्षण गर्ने मेसिन उपलब्ध गराएको र एक दुई दिनमा जडान गरिएपछि स्थानीयस्तरमै स्वाब परीक्षण हुने गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top