×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

यसवर्ष घरमै नमाज आदा गरेर ईद–उल–फित्र मनाईदै

१२ जेष्ठ २०७७

१२ जेष्ठ, काठमाडौं ।
रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै छन् ।

अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ ।

Advertisement
Advertisement

ईदमा विशेष नमाज आदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ । ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ ।

यसवर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन जारी भएपछि मस्जिदमा सामूहिक रुपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ । मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र मनाउँदैछन् ।

त्यसैले ईदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिए । मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top