×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

२३ चैत्र २०७४

नयाँदिल्ली, २३ चैत ः प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् ।

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए ।

Advertisement
Advertisement

नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गरे ।

अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उनले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरे ।

सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार छ भने ।

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पारे ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो ।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गरे ।

माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको उनले बताए । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् ।

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनको काम शुरु भएको र अरुण तेस्रो, निर्माणको क्रममा जान लागेको उनको भनाइ थियो ।

लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको उल्लेख गरे ।

राजनीतिक रुपमा असाध्यै समस्या रहेको बेलामा समेत नेपालमा भारतीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण नाफा गरेको भन्दै हालको अवस्थामा झन लगानीमैत्री वातावरण बनेको स्पष्ट पारे ।

जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले ढुक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे ।

नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा मोनो–रेललगायतका पूर्वाधारको विकासका लागिसमेत काम गरिरहेको उल्लेख गर्दै उनले नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको पटकपटक दोहो¥याए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण शुरु हुने क्रममा रहेको, केही नीतिगत सुधार गरिएको जानकारी गराए ।

ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको उनको भनाइ थियो ।

सहसचिव बेल्वासेले नेपालमा महत्वपूर्ण आयोजना निर्माणको क्रममा रहेको र भारतसमेत नेपालको बजार हुनसक्ने भएकाले त्यही आधारमा लगानी गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएका थिए ।

उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पारे । उनले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बनेको बताए ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि एक अर्काबीच सहज सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशका लगानीकर्ताबीच विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे ।

कार्यक्रममा हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने स्पष्ट पारे ।

पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बंगलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिए ।

नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताए ।

भारत ठूलो ऊर्जाको बजार भएकाले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सकिने बताए ।

नयाँ प्रसारण लाइन निर्माण गर्नुपर्ने र नेपाल–भारतबीच विद्युत्को क्षेत्रमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिएमआर, वापकोश इन्डिया, एन्डिज हाइड्रोका प्रतिनिधिले नेपालमा आफूहरुले विगतदेखि नै मिलेर काम गर्दै आएको बताएका थिए ।

Advertisement

कार्यक्रममा सिमेन्ट, पूर्वाधार तथा अन्य विभिन्न औद्योगिक क्षेत्रमा काम गर्दै आएका औद्योगिक घराना तथा व्यवसायीले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको धारणा राखेका थिए ।
रासस

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top