कङ्गोमा इबोला सङ्क्रमित भेटिए , चार जनाको मृत्यु

२० जेठ, कङ्गो ।

Advertisement

अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित छ जना फेला परेको जनाएको छ । सङ्क्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको सङ्क्रमण देखिएको हो । सङ्गठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका सङ्क्रामक एवम् प्राणघातक रोगहरू कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको छ भने ।

Advertisement

उनले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए।

सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौँ पटक देखिइसकेको छ । डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा. माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताए ।

Advertisement

उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको र कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कङ्गोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कङ्गोका जङ्गली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top