एनआरएनए कतारद्धारा ३५ सय कोरोना पिडित नेपालीलाई खाद्यान्न वितरण

२१ जेठ ७७, बिहीबार

योगेन्द्र योगी

२२ जेठ, दोहा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तीव्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ ।

उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् ।

Advertisement

नेपाली दूतावास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण कार्य जारी रहेको संयोजक गुरुङ्गले बताए ।

अहिलेसम्म १४ औं चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो भने दोश्रो र तेश्रो रेडक्रसमार्फत नेपाली दूतावास मार्फद राहत तथा उद्दार समितिले पाएको उनले बताए ।

Advertisement

चौथो, पाँचौं र छैटौं चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट वितरण गरिएको थियो भने सातौदेखि चौधौंसम्मको राहत कतार च्यारिटीबाट प्राप्त गरिएको थियो ।

राहत वितरण अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सोवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल प्राप्त भएको थियो ।

यस्तै , एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिीसदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको थियो ।

अहिलेसम्म ३५ सय १४ जना कोरोना पिडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए । कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न सकिने उनले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top