अनुमति नलिइ सेवा सञ्चालन गरेपछि कारबाहीमा पर्याे एनसेल

२२ जेठ ७७, बिहीबार
Share this
713shares

२२ जेठ, काठमाडौँ ।
नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । एनसेललाई कारबाही सम्बन्धमा प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले निणर्य गरेको हो ।

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति नलिई म्याजिक भोइस, वन डे प्याक, लभ डिटेक्सनजस्ता भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेका आधारमा कारबाही अगाडि बढाइएको निर्देशक विजय रोयले जानकारी दिए ।

एनसेलले उल्लेखित सेवा अनुमति प्राप्त ९० दिनभन्दा बढी समय प्रयोग गरेको पुष्टि भएपछि कारबाहीका लागि पत्र काटिएको रोयले जानकारी दिए । उनले भने-‘यस्ता भास सेवा सामान्यतः ९० दिनसम्म सञ्चालन गर्न दिइन्छ, एनसेलले त्यसपछि पनि अनुमति नलिई त्यस्तो सेवा सञ्चालन गरिरहेको पाइयो ।’

Advertisement

दूरसञ्चार ऐन २०५३ मा भएको व्यवस्थाअनुसार एनसेललाई नगद जरिवानासहित कारबाहीको पत्र काटिएको उहाँले बताए । ऐनको दफा २४ को उपदफा २ मा ‘कुनै व्यक्तिले यसऐन बमोजिम अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेखित सर्तहरूको पालन नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना गरी त्यस्तो काम बन्दसमेत गराउनसक्ने छ’ उल्लेख छ ।

एनसेलले सन् २०१७ मा यस्तो सेवा सुरु गरेको थियो । त्यसको केही समय पनि यसले निरन्तरता पाएपछि उजुरीको आधारमा प्राधिकरणले अध्ययन गरेको थियो । हाल यो सेवा भने बन्द अवस्थामा छ ।

Advertisement

प्राधिकरणले पछिल्लोपटक एनसेलका प्रयोगकर्ताले अनावश्यक ब्यालेन्स काटिरहेको गुनासो गरेपछि त्यसको पनि अध्ययन सुरु गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top