×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक युवाको मृत्यु

२२ जेष्ठ २०७७

२२ जेष्ठ, वीरेन्द्रनगर ।
दुई सातासम्म क्वारेन्टाइन बसेर घर फर्केका एक युवाको बिहीबार बिहान मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहान करिब २ बजेतिर मृत्यु भएको हो ।

भारतको मुम्बईमा मजदुरी गर्ने उनी जेठ पहिलो साता घर फर्किएका थिए । स्थानीय सरकारले १५ दिनसम्म जनता मावि विद्यापुरको क्वारेन्टाइनमा राखेको थियो । बुधबार दिउँसो आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साथीहरुसँग घरतिर लागेका थिए ।

Advertisement
Advertisement

क्वारेन्टाइनबाट ८ घण्टा पैदल हिँडेर गाउँमा पुगेका उनी घरमा नबसी नजिकैको एक सामुदायिक भवनमा बसेका थिए । पञ्चपुर–१ का वडाध्यक्ष धनबहादुर बुढाका अनुसार क्वारेन्टाइनबाट उनीसँगै गएको ६ जनाको टोलीलाई माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आए पनि हामीले एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएका थियौं, त्यहीअनुसार घर नजिकैको भवनमा बसेका थिए,’ उनले भने, राति एक्कासि उनीसँग रहेका साथीहरुले मृत्यु भएको जानकारी दिए ।’

Advertisement
Advertisement

बिहान पौने २ बजेतिर समस्या भएको भन्दै युवाहरुले खबर गरेका र आधा घण्टामा त्यहाँ पुग्दा मृत्यु भइसकेको उनले बताए । मृतक युवाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारे निर्णय गरिने वडाध्यक्ष बुढाले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top