सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

२२ जेठ ७७, शुक्रबार

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

Advertisement

मुलुकको ऐतिहासिक दस्तावेज, प्रमाण सङ्कलनका साथै विदेशीसँगको औपचारिक वार्ता तथा छलफलमा आवश्यक तथ्य प्रमाण जुटाउनेलगायत कार्यका लागि केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई सक्रिय बनाइएको हो ।

आर्थिक अभावका कारण अनुसन्धानमा सक्रिय हुन नपाएका अनुसन्धान केन्द्र तथा विद्यार्थीको अभावका कारण अध्ययन अध्यापन हुन नसकेका विभाग र त्यहाँका प्राध्यापकलाई यस दिशामा क्रियाशील गराइएको विश्वविद्यालयले जनाएको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सिमानामा देखिने समस्या तथा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको अवस्थामा भूगोल तथा इतिहास केन्द्रीय विभागलाई यस विषयमा अनुसन्धान गरी ऐतिहासिक प्रमाण खोजी गर्न लगाइएको जानकारी दिए । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) लाई पनि मुलुकको जल्दाबल्दा विषयमा अनुसन्धान गर्न लगाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top