मन्त्री भएर काम गर्न फेसबुकमा कमेन्ट गरेजस्तो सजिलो रहेनछ : घनश्याम भुसाल

२३ जेठ, काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताए ।

उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताएका हुन् । उनले पहिला आफुलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए । उनले भने- ‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको छ । त्यो बेच्नु पर्ने छ त्यसको करिब करिब दुई ढाई अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन् । प्रयत्न गरिएको छ अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन् । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन् । माघ देखि मात्रै ठेक्का लाग्दो रैछ त्यसले गर्दा खेरी प्रोबोलम छ । मान्छेहरुले सामान्य बेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ ।’

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जती पोटास मल रहेको तर त्यतिले नपुग्ने बताए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताए ।

Advertisement

उनले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताए । उनले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए । यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top