देशको अधिकांश भूभागमा शनिबारसम्म वर्षा हुने

२३ जेष्ठ, विराटनगर । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा शनिबारसम्म वर्षा हुने भएको छ ।

यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, ५, वागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top