सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण रोकियो

Share this
751shares

काठमाडौं : विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ । सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ । निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन ।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण भइसकेको छैन । आयोजनाको ठेक्का लगाउँदा नेपालमा विस्फोटक पदार्थ उत्पादन हुँदैनथ्यो’, प्रमुख थापाले भने, ‘अहिले सेनाले आफ्नै उत्पादन प्रयोग गर्न जोड दिइरहेको छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top