×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

संसदमा गगन थापाले भने, कांग्रेस अब प्रश्न सोधेर मात्रै बस्दैन

२७ जेष्ठ २०७७

२७ जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पुर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका छन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गरे ।

Advertisement
Advertisement

उनले भने “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्दौ भनेर मात्रै बस्दैनौ । अब हामी प्रश्न गर्छो । उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ ।

हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ । ”प्रतिनिधिसभामा आफुहरुले माग देखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आफूहरुले आवाज उठाउदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पोखे ।

उनले भने “न हाम्रो सुन्यो , न अदालतको सुन्यो , न प्रेसको सुन्यो , न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो ।

सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । ”उनले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेको मा आपत्ति जनाउदै प्रश्न गरे“यो क्वारेन्टाइन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ । ”

उहाँले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोखे । उनले भने “नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्दछ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना संक्रमित भएका छन् ।

तर के मृत्यु हुनेको संख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सुर्य बहादुर तामाङ्ग र झुण्डिएर मरेका चन्द्र बहादुर परियार र औषधी खान नपाएर मरेकी कंका देवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कस्ले लिन्छ ।

क्वारेन्टाईनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ? ”अदालत, संसद, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए ।

“अव क्वारेन्टाइनम बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्रि देश भन्दिने । किन कि परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ?प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्देा कर्मचारीलाई सरुवा गरेर दोष बाट र अपराधबाट भाग्न पाईन्न । ”

विज्ञहरु संगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडिटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ती जनाएको छ ।सांसद थापाले भने “ न यो विश्वसनिय छ ? न नेपालको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर जबरजस्ती आरडिटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ?

हामीलाई जवाफ चाहिन्छ । मृत्यु भईसकेका मान्छेको स्वाव परीक्षण नगर्ने कस्ले भन्यो हामीलाई जवाफ चाहिन्छ । ”उनले अस्पतालको तयारी , संक्रमित बढ्दै गर्दा कुन अस्पतालमकति सामाग्री थपिया,े कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गरे ।

उनले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गरे । उनले भने “विदेशमा भएका नेपालीलाई ल्याउने भनेर निर्णय गरियो अहिले कुन एयरलाइन्सले बोक्ने भनेर झगडा गरेर आउन आतुर भएर बसेका नेपाली माथि यत्रो ठूलो बज्रपात गर्ने ? जवाफ चाहिन्छ ।

गर्भवती महिला देखि खोप पाउने बालिका सम्म, दीर्घ रोगीका विरामीले औषधी किन पाएनन् ? जवाफ चाहिन्छ । कृषक मजदुर देखी साना उद्योगी , ठूला उद्योगी व्यवसायी सम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउदैनन् । तीनको लागि कार्यक्रम के छ जवाफ चाहियो । ”

उनले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिए ।उनले भने “प्रश्न केबल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाईएको छ । हामी उसलाई चिन्दैनौ हामीलाई चिनाउनु पर्यो । उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्यो ।

जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनुपर्यो । एउटा एउटा प्रश्नको जवाफ दिनुपर्छ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु अगाडि बढाउने ठाउँसम्म हामी पुग्छौ । म आग्रह गर्न चाहन्छु । सरकारले सोचोस् तयारी गरोस् ।

Advertisement

अब सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब नदिईकन सरकारलाई सुतेर बस्न दिदैनौ भन्नेकुरा जानोस् । ”

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top