‘युवा आज’ अभियान शुरु

२७ चैत ७४, बुधबार

ललितपुर, २८ चैत ः युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ ।

दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत गरेको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘युवा आज’ जस्ता अभियान र त्यसको निष्कर्ष सरकारका लागि मार्गनिर्देशक बन्न सक्ने बताउँदै भने, “अभियानबाट प्राप्त भएका तथ्याङ्कमा सरकार महत्व दिएर अघि बढ्नेछ ।”

प्रदेशसभा सदस्य विशाल खड्काले उद्यमशीलता अरुको नक्कल नभएर सिर्जनशील कुरा भएको बताए । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले दर्ता भएर पनि सञ्चालन नभएका उद्योगलाई सञ्चालन गर्न सके धेरैले रोजगारी पाउने बताए ।

Advertisement

कार्यक्रममा युवा रोजगारीको अवसर, चुनौती तथा समस्यालगायत विषयमा समूहगत छलफल भएको छ । निम्बुस होल्डिंग प्रालिका प्रबन्ध निर्देशक आनन्द बगारिया, विश्व बैंकका जस्मिन राजभण्डारी, श्रम मन्त्रालयका उपसचिव सुजन जोजीजु तथा टेवाका संस्थापक रीता थापाले युवाका विभिन्न विषयमा प्रस्तुति दिए ।

सो अवसरमा उद्यमी र संघसंस्थाले आफ्ना उत्पादन तथा सामग्री प्रदर्शनीमा राखेको संस्थाका कार्यकारी निर्देशक डा पुकार मल्लले बताए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top