चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण कम गर्ने सरकारको तयारी

३० जेष्ठ, काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भएरनभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्।

डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए।

Advertisement

तर सदूरपश्चिममा पहिले र पछि आएकाहरू सबैलाई एउटै क्वारेन्टिनमा राखिएको छ।

क्वारेन्टिन अभाव रहेको भन्दै स्थानीय तहहरूले विद्यालयहरूमा भारतबाट आएकाहरूलाई राख्दै आएका छन्। त्यसरी क्वारेन्टिनमा रहेकाहरू धेरैलाई आरडिटी गर्दै घर पठाइएको छ।

सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए। तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दियो।

केही समयअघि पनि भारतबाट आएकाहरूलाई सरकारले भटाभट आरडिटी परीक्षण गर्दै घर पठाएको थियो। तर घर गएर क्वारेन्टिन बसाइमा धेरैमा संक्रमण देखिएको छ।

मन्त्रालयले जारी गरेकै कोभिड(१९ टेस्टिङ सम्बन्धी नयाँ निर्देशिकाले पिसिआर परीक्षणलाई कडाइ गरेको छ ।

निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।

कोरोनाको अधिकांश संक्रमितहरूमा लक्षण नदेखिएको भन्दै यसले संक्रमितहरू नै परीक्षण हुनबाट वञ्चित हुने उनीहरूको दाबी छ। सरकारले भने प्रयोगशालाहरूको क्षमताले धान्न नसक्ने स्थिति आएपछि परीक्षणलाई खुम्च्याउने कदम चालेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top