दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको दर उच्च)
अर्घाखाँचीका ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएसंगै मृतकको संख्या १६ पुग्यो /शुक्रबार एकैदिन अहिलेसम्मकै उच्च ४ सय ४८ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या ५ हजार ६२ पुग्यो / ८ सय ७७ निको भए ।

२.(कहरको तथ्याङ्क)
अहिलेसम्म पिसीआरबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण /देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टीनमा /४ हजार १ सय ६९ जना आइसोलेसनमा ।

३.(र्निविकल्प लकडाउन)
दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउने गरी सरकारले बनायो नयाँ मापदण्ड /स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था ।

४.(निजीको इच्छा)
कोरोना भाइरसको पीसीआर परीक्षणको लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रस्ताव पेश /अनुमतिपछि कोभिड १९ को परीक्षण गराउन चाहने सर्वसाधारणले आफै शुल्क तिरेर परीक्षण गराउन सक्ने ।

५.(भयावह ननिम्तियोस्)
परीक्षण किट अभाव र क्यारेन्टीन खाली नभएपछि सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनमा रहेका मानिसलाई विनापरीक्षण घर पठाउने तयारी / क्वारेन्टिनमा १४ दिन पुगेका र लक्षणविहीन मानिसलाई जाँच नगरी घर पठाइने ।

६.(अर्काको हेरेर के गर्नु ?)
कोरोनामा राजनीतिको प्रवेश भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोनाविरुद्धका काम भएपनि नेपालमा त्यसो हुन नसकेको उल्लेख ।

७.(रोकिएन प्रर्दशन)
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन/लकडाउनको बेला प्रदर्शन गर्नेलाई जेल हाल्ने गृह मन्त्रालयको चेतावनीको वेवास्ता ।

८.(अब घरमै शिक्षा)
असार एक गतेदेखि सिकाईलाई निरन्तरता दिएपनि तत्काल विद्यालयहरु नखुल्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /अतिरिक्त सामग्री र पाठ्यपुस्तक विद्यार्थीको घरघरमा पु¥याइने /कक्षा ११ र १२ को परीक्षाका विषयमा केही दिनमा निर्णय लिईने ।

९.(दादागिरी देखाउदै भारतीय)
जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न खोज्दा भारतीयद्वारा शसस्त्रको हतियार खोस्दा सर्लाहीमा दुवै पक्षविच झडप हुदा १५ राउण्ड फायर/ गोली लागेर एक जनाको मृत्यु भएको भारतीय मिडियाको दाबी /एक जना पक्राउ ।

१०.(राहतको आशा)
लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन पथप्रदर्शकहरुको माग / पर्यटन व्यवसाय नियमित रुपमा सुचारु नभएसम्मका लागि प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ सम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने उल्लेख ।

११.(मन्त्रीका कुरा कहिले होला पूरा ?)
विदेशबाट फर्किएकाको सीप र अनुभवलाई सदुपयोग गरी रोजगारीमा जोड्ने कार्यक्रम अघि बढाउने श्रममन्त्री रामेश्वर राय यादवको भनाई /स्वास्थ्य सतर्कताका उपायसहित रोजगारीको न्यूनतम वातावरण बनाउन पहल गरिने प्रतिवद्धता ।

१२.(उद्धारको उडान)
कुवेतबाट तेस्रो उडानमार्फत ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार नेपाल आइपुगे /सवैलाई होल्डिङ सेन्टरमा राखियो /शनिबार थप दुई उडानका लागि अनुमति माग ।

१३.(मितब्ययी दूतावास)
नेपाल सरकारले नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर भन्दा २५ प्रतिशत सस्तो भाडादरमा स्वदेश फर्काउने नेपाली दूतावासको तयारी / ओमानबाट असार १ गते १८० नेपालीहरु स्वदेश फर्किदै ।

१४.(गरीबको आवाज)
कतारका लागि तोकेको भाडादर चार गुणा महङगो भएको भन्दै एनआएनए कतारद्वारा सरकारको ध्यानाकर्षण /खर्चविहीन पीडित नेपालीलाई सरकारले नै भुक्तानी गरिदिनु पर्ने माग /पहिलो चरणमा कतारबाट जुन १६ र १७ मा दुई उडान हुने ।

र,

१५.(विश्वभरको अपडेट)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ४ लाख २४ हजार बढीको मृत्यु /७६ लाख २२ हजार बढी संक्रमित / ३८ लाख ६० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top