स्वास्थ्य शिविर – तीन जना पक्राउ

२८ चैत ७४, बिहीबार

इटहरी, २९ चैत ः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र रु एक हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका–१० का २१ वर्षीय सुदन सुवेदी, सोही स्थानका २१ वर्षीय जुनिल सुवेदी र सप्तरी कञ्चनपुर नगरपालिका–५ का १९ वर्षीय प्रख्यात मिश्र रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top