सात वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई

२८ चैत ७४, बिहीबार

बाजुरा, २९ चैत ः राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।

लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात पारेको हो ।

घरेलु मैदानमा जारी १०औँ राष्ट्रपति रनिङ शिल्डमा पनि ३३ पदकसहित पहिलो भएको छ । शिल्डमा खेलाइएका ३३ खेलमध्ये १४ स्वर्ण, नौ रजत र १० कास्य पदक जितेको छ । खेलाइएका सबै खेलमा मालिकाले पदक जितेको छ ।

Advertisement

सरकारद्वारा नमूना विद्यालयको उपाधि दिएको मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज पाध्यायले खुशी व्यक्त गरेका छन् । हामीले गरेको मेहनत र लगानीकै प्रतिफल अपेक्षाअनुसारकै नजिता निकाल्न विद्यार्थी सफल भएको उनको भनाइ छ ।

खेलमा भानोदय मावि दोस्रो बनेको छ भने दशरथ मावि तृतीय बनेको छ । भानोदय माविले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० वटा पदक हात पारेको छ ।
तृतीय स्थान ल्याउन सफल दशरथ माविले ४ स्वर्ण र ३ कास्य हात पारेको छ । यस्तै अम्लिस मावि २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथौ भएको छ भने ३ खेलमा सहभागी पशुपति माविले २ वटा स्वर्ण जितेको छ ।

Advertisement

सबै खेलका पदक विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top