सिटी हल निर्माण अन्तिम चरणमा

२८ चैत ७४, बिहीबार

कञ्चनपुर, २९ चैत ः महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।

श्यामसुन्दर गौरी पार्वती जेभीले सिटी हल निर्माणको ठेक्का लिएको छ । पछिल्लो पटक आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । समितिले यसलाई अन्तिम पटक भनेर म्याद थप गरेको हो । त्यस अघिका म्याद थप गुजारिएका थिए ।

Advertisement

“सिटी हलको निर्माण लगभग सकिन लाग्यो, जेठभित्र समितिलाई हस्तान्तरण हुन्छ,” भट्टले भने । सिटी हलमा अहिले विद्युत् , पानी र झ्यालढोका जडान भइरहेको छ । विद्युत् लाइन जोड्ने विद्युत् कार्यालयलाई रु एक लाख ४२ हजार भूक्तानी गरिएको छ ।

ठेकेदार कम्पनीले निर्माण सम्झौतापछि अर्को ठेकेदारलाई जिम्मा दिएको थियो । सूचना अधिकारी भट्ट ढिलाइमा दुवै पक्षको कमजोरी देखिएको बताउँछन् । समितिले निर्माणमा अवरोध आउनसक्ने भन्दै पाँच पटकसम्म सिटी हल निर्माणको म्याद थप गरेको थियो ।

Advertisement

“बाध्यतावश म्याद थप गरिएको हो,” उनले भने । पछिल्लो पटक म्याद थप अघि ठेकेदारलाई रु पाँच लाख जरिवना गरिएको छ । नगर विकास समितिले गुरुयोजना अनुसार बनाएको हल एक हजार जना अटाउने क्षमताको छ । ठूलो सभाकक्ष, दुई सय क्षमताको अर्को हल र ५०÷५० जना क्षमताका दुईवटा हल छन् ।

समितिले जग्गा बिक्री गरी सिटी हल निर्माण थालेको हो । हालसम्म झण्डै ६ सय बिगाहा जग्गा बिक्री गरिसकेको छ । “विगतमा प्रक्रिया पु¥याएर बिक्री गरिएको जग्गाबाट आएको रकम सिटी हल निर्माणमा खर्च गरिएको छ,” भट्टले भने । समितिले दुई वर्षमा बनाउने लक्ष्यका साथ २०६५ मा सिटी हल निर्माण थालेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top