गोर्खा रेजिमेन्टमा गएर भाडाका लडाकु नबन्न विप्लवको अपिल

५ असार ७७, शनिबार

६ असार, विराटनगर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती रोकिनु पर्ने माग गरेका छन् ।

गोर्खा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवाद र नेपाली सामन्ती राणाकालीन सम्झौताको निरन्तरता रहेकाले भर्ती रोकिनु पर्ने विप्लवले माग गरेका हुन्। विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औँ शताब्दीमा कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एमव् लज्जास्पद विषय हो ।

Advertisement

यही कारणले नेपाली जनताले लामो समयदेखि गोर्खा भर्ती खारेजीको माग गर्दै आएका छन् ।’ हालै भारत र चीनबिच गलवान उपत्यकामा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएपछि गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुलाई बिदा कटाएर फिर्ता बोलाएको छ ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘गोर्खा रेजिमेन्टलाई सिमानामा पठाउने तयारी देखिन्छ तर दुई देशका बिचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिनृे, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित र स्वीकार्य छैन ।’

Advertisement

नेपाली युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गरी गोर्खा भर्ती रोक्नु पर्ने माग नेकपा महासचिव विप्लवले गरेका छन् । उनले नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारीका अवसर श्रृजना गर्न सरकारसँग माग गरेका छन् । विप्लवले भाडाका लडाकु नबन्न पनि युवाहरुलाई विशेष अपिल गरेका छन् ।

‘हाम्रो पार्टी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ’, विप्लवले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top