कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया

५ असार ७७, शनिबार

६ असार, बाँके।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए ।

उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ ।

जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रोस्तरको कोरोना अस्पताल तोकेर जिम्मेवारी दिएपछि शिक्षण अस्पताल कोहलपुरले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेर कोरोना अस्पतालको काम शुरु गरेको थियो । अस्पतालमा कोरोना सङ्क्रमित तीन जनाको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताए । रासस

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top