×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पहिलो पटक बिओपी स्थापना

६ असार २०७७

६ असार, काठमाडाैँ ।

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ । बिओपी स्थापना गर्न केही दिनअघि मात्र बलको टोली हिल्सा पुगेको थियो ।

Advertisement
Advertisement

डिआइजी इञ्जिनीयर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बिओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिए

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो । टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बिओपी स्थापना गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ ।रासस

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top