कतारबाट १४९ नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स, बिदाई गर्न राजदूत पुगे विमानस्थल

६ असार ७७, आइतबार

योगेन्द्र योगी
७ असार, दोहा ।

कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊँ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराए अनुरूप पहिलो चरणमा कतारको दोहाबाट काठमाडाैँ का लागि नेपाल एयरलाइन्सको उडान न: २३९२ बाट १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

यो उडानमा ३ जना नाबालक, २९ जना सुत्केरीगर्भवती सहित ८२ जना महिला र ६४ जना पुरुषहरु रहेको दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि बिदाई गर्न पुगेका थिए ।

अर्को उडान २२ तारिक र २४ तारिकमा हिमालयन एयर लाइन्स मार्फत हुने दूतावासका दितिय सचिब प्रबिण भट्टराईले जानकारी दिएका छन् । दूतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो ।

उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्ने गरेको छ । यस अघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाई सकेको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top