देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने

काठमाडौं : देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।

Advertisement

पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिनुुभयो ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top