×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ठगीको आरोपमा नेपाली युवायुवती अष्ट्रेलियामा पक्राउ

९ असार २०७७

९ असार, काठमाडौँ ।
एक अष्ट्रेलियन वृद्धा महिलाई ठगी गरेको आरोपमा अष्ट्रेलियाको सिड्नीमा एक जोडी नेपाली युवा-युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिड्नीको पश्चिमी क्षेत्र टेलोपियामा एक अष्ट्रेलियन वृद्धा महिलाई टेलिफोन गरी बैंक खातामा समस्या आएको भन्दै उनीहरुले पैसा ठगी गरेको आरोप लागेको छ। न्यु साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९ मा एक ८५ वर्षीया महिलाले आफू ठगीमा परेको लिखित उजुरी गरेकी थिइन्।

Advertisement

प्रहरीका अनुसार ठगहरुले आफूलाई बैंकको प्रतिनिधि बताउँदै ती वृद्धालाई टेलिफोन गरी खातामा समस्या आएकोले बन्द गरी नयाँ खाता खोल्नुपर्ने भनेका थिए।

नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठगहरुले ती महिलालाई विश्वास दिलाएका थिए भने पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेका थिए।

ती ठगहरुले वृद्धाको टेलोपियास्थित घरमै गएर पैसा लिएका थिए। पछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिइन्। त्यसलगत्तै प्रहरीले अनुसन्धान थालेको र ठग्ने गिरोहसम्म पुगेको जनाएको छ।

फेरि सोही समूहले पाँच हजार डलर मागेको र सोमबार बेलुका पैसा लिन जाने क्रममा प्रहरीले उनीहरुलाई टेलोपिया नजिकबाट प्रकाउ गरेको थियो। प्रक्राउ पर्ने नेपाली युवा १९ वर्षको र युवती २१ वर्षकी रहेको प्रहरीले जनाएको छ।उनीहरूकाे घर विराटनगर भएकाे बुझिएकाे छ ।

प्रहरीको प्रारम्भिक वयानअनुसार उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न देखिएको र यसैगरी बैंक खाता खोल्न लगाइ ठग्ने काममा लागेको पाइएको छ।

Advertisement

उनीहरुलाई कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top