×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

३० चैत्र २०७४

तेह्रथुम, ३० चैत ः प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो ।

मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ । ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को नाम दिएको पदयात्रा मंगलबार धरानबाट बुढासुब्बा मन्दिरको दर्शन गर्दै धनकुटाका भेँडेटार, धनकुटा र हिले क्षेत्रका डाँडाकाँडा घुम्दै पदयात्रा तेह्रथुम आइपुगेको हो । वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताए । ‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताए ।

“यहाँका आकर्षक गन्तव्यबाट गुराँसको राजधानी टिएमजे, कञ्चनजंघा, मकालु र कुम्भकर्ण क्षेत्रको दृश्यावलोकन गर्दै पाथीभरा पुगेर पाँचथर–इलामबाट फर्किने नयाँ पर्यटकीय मार्ग तयार गर्ने लक्ष्य हो,” श्रेष्ठले भने । पदयात्रा टोलीमा पूर्वका तेह्रथुम, संखुवासभा, ताप्लेजुङ सहितका जिल्लामा जन्मिएर राजधानीमा बसोबास गर्नेहरु बढी छन् । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, संखुवासभाका सांसद राजेन्द्र गौतमसहित पूर्वका राजनीतिक नेतृत्व, सामाजिक तथा व्यावसायिक छवि बनाएका व्यक्तिहरु सहभागी छन् । टोलीमा करीब एकसय जना रहेका पदयात्रा समितिका संयोजक श्रेष्ठले बताए । पदयात्रामार्फत यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यी जिल्लाका समन्वय समिति र स्थानीय तहले पनि सहकार्य गरेका छन् ।

पाथीभरा देवीको मन्दिर पूर्वको धार्मिक, सांस्कृतिक रुपले प्रसिद्ध रहेको र योसँगै आसपास रहेका पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोडेर पर्यटकीय मार्ग विकास गर्न लागिएको पदयात्रा महोत्सव आयोजना गरिएको मूल समारोह समितिका सह–संयोजक रमेश बरालले बताए । पदयात्रामार्फत लक्ष्य गरिएको पर्यटकीय मार्गमा विश्वको तेस्रो र नेपालको दोस्रो उच्च शिखर कञ्चनजंघाससहित अन्य पाँच वटा आठ हजारमिटर माथिका अग्ला हिमाल रहेका छन् । सोही पर्यटकीय मार्गले २८ प्रजातिका गुराँस पाइने टिएमजे वन र नेपालकै अग्लो ह्यात्रुङ झरना, प्रसिद्ध दिकिछ्योलिङ गुम्बा, फुङफुङे झरना, तिङवुङ पोखरी, फत्ताङलुङ जस्ता आकर्षक गन्तव्य रहेका छन् । गुराँसको राजधानीका रुपमा चर्चित टिएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छन् ।

यहाँको हिमाली क्षेत्रमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा पनि पाइन्छ । पदयात्रामार्फत यहाँ पाइने धार्मिकस्थल, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, विविध वनस्पतिका बारेमा स्थानीयवासी तथा सरोकारवाला छलफल र संरक्षणमा लाग्नका निम्तिसमेत छलफल र बहसको उठान गर्ने बरालले बताए । पदयात्रा टोलीले बुधबार वसन्तपुरबाट टुटे देउराली, आर.आर. गार्डेन, तीनजुरे–चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सूर्यास्तको दृश्यावलोकन गरेकोे छ । बिहीबार बिहान मेन्छ्यायेम डाँडाबाट सूर्योदयका साथै कञ्चनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन र मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गरी साँघु हुँदै टोली ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकनपछि तेल्लावुङ ढुंगेसाँघुमा पुग्नेछ ।

शुक्रबार पदयात्रा टोली ताप्लेजुङ फुङलिङमा कार्यक्रम गरी, सुकेटार हुँदै पाथीभरा फेदी पुग्नेछ । वैशाख १ गते नव वर्षमा पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमशृंखलाको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन गर्दै टोली सुकेटार बस्नेछ । आइतबार पाँचथरको हिलिहाङ दरबार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्दै काठमाडौँ फर्किनेछ ।
रासस

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top