प्रदेशकै ठूलो शीतभण्डार सञ्चालनमा

२९ चैत ७४, शुक्रबार

डडेल्धुरा, ३० चैत ः डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरेका हुन् ।

विसं २०७४ वैशाखभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करीब १ वर्ष ढिलो गरी शीतभण्डारको निर्माण सम्पन्न भएको हो । किसानले कोल्ड स्टोरमार्फत आलुको बीउलाई मात्रै सुरक्षित राख्न सके ३० प्रतिशत आयस्तरमा वृद्धि हुने आयोजना प्रमुख अर्यालले बताए ।

“शीतभण्डारको निर्माणपछि उत्पादन गरेकै समयमा बिक्री गर्न नसक्दा कृषकले सहनुपर्ने घाटा र व्यवसायीद्वारा कुहिएको तरकारी तथा फलफूलको मूल्य उपभोक्ताबाट अशुल्ने समस्याबाट बच्न सकिन्छ,” उनले भने । रु पाँच करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भएको पाँचतले कोल्ड स्टोरको क्षमता एक हजार ४५० मेट्रिक टन रहेको छ । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी) को ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा स्थापना भएको उग्रतारा शीतभण्डार उद्योगका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरा जिल्लाका व्यावसायिक कृषकको आयस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ । शीतभण्डार सञ्चालनमा आए पछि आलु र आलुको बीउका साथै अन्य कृषि उपज पनि सहजै भण्डारण गर्न सकिने भएबाट किसान उत्साहित भएका छन् । आफ्नो बारीमा तरकारी उत्पादन भए पनि सस्तो मूल्यमै तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको कृषक पशुपति ऐरले बताए ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top