३० वर्षपछि लिभरपुल बन्याे इंग्लिस प्रिमियर लिग च्याम्पियन

१२ असार, एजेन्सी ।
यस वर्षको इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातीको खेलमा चेल्सीसँग २१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो ।लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । तर १९८९–९० पछि ऊ पहिलो पटक च्याम्पियन बनेको हो । यो उपलब्धी हासिल गर्न उसलाई ३० वर्ष कुर्नु पर्यो ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो गोल गरेका थिए । कर्नरपछि सुरु भएको काउन्टर अट्याकमा सिटीको डिफेन्सले गल्ति गरेपछि पुलिसिचले आफ्नै हाफबाट बल अगाडी बढाउँदै वन भर्सेस वन स्थितिमा पुगेर गोल गरेका थिए ।

दोस्रो हाफको ५५ औं मिनेटमा केभीन डे ब्रुएनले बराबरी गोल फर्काए । डे ब्रुएनले झन्डै २५ यार्ड टाढाबाट सिधै फ्रिकिकमा गोल गरेका थिए । ५७ औं मिनेटमा सिटीले अग्रता लिने अवसर पाएपनि रहिम स्टर्लिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।

खेलको ७८ औं मिनेटमा चेल्सीले विलियनको गोलमा पुनस् अग्रता लियो । ट्यामी अब्राहमले ६ यार्ड बक्स भित्रबाट गरेको प्रयासलाई फर्नान्डीन्होले गोललाइनबाट क्लियर गरेको देखिएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिएका थिए । भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए । विलियनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यस नतिजासँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झार्यो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top