लिपुलेकमा बाटो बनाउन नेपाली सेनालाई भारतको निरन्तर अवरोध

१२ असार, काठमाडौं । नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेको छैन ।

Advertisement

आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाउँदै सडक निर्माण स्थगित गरेर वार्तामा आउन बारम्बार आग्रह गरिरहेको भए पनि भारत निरन्तर सडक बनाइरहेको छ।

भारतले ठूला ढुंगा नदीमा खसाल्दा नदी साँघुरिएको छ भने बहाव बढेको छ। बहाव बढ्दा नेपाली सेनाले बनाएको बाटो बगाएर लगेको छ।

Advertisement

हामीले बनाएको बाटो महाकालीले बगाएर लग्यो। भारततिर ब्लास्टिङ भएर ढुंगा खस्दा नदीको फ्लो ‌ओभर भएर अलिअलि खनेको पनि बगाएको  छ ।’, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘अहिले हाम्रो टोली माथि उचाईमा उक्लिएको छ। त्यहाँ बगाउने भएपछि अर्को ठाउँमा निर्माण कार्य सुरु गरिएको छ।’ –पाण्डेले भने ।

व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आउजाउ गर्न समस्या छ। उनीहरुले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य छन्।

Advertisement

दार्चुला सदरमुकाम खलंगाबाट तिंकरसम्मको बाटोमा गएको वैशाख १४ गते नेपाल सरकारले बाटो बनाउने भनेर निर्णय गरेको छ। त्यो बाटोमा जिरोदेखि ४७ किलोमिटरसम्म सडक विभागले बनाउने र ४७ किलोमिटर पश्चात जिरो मानेर अर्को ८७ किलोमिटर नेपाली सेनाले बनाउने भनेर निर्णय गरेको सैनिक प्रवक्ता पाण्डेले बताए। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top