गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

ufFhfsf af]6 pv]Nb} nlntk'/sf] ;'Gb/L3f6 If]qsf] jfUdtL gbL lsgf/df k|fs[lts ?kdf pld|Psf ufFhfsf af]6 :yfgLo ;ª3;+:yf, afl;Gbf tyf k|x/Ln] cfh laxfg em/LaLr pv]Nb} . tl:a/M ;'/]Gb|axfb'/ g]kfnL–/f;;

काठमाडौँ, ३० चैत ः टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ ।

आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिइन् ।

खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा माडेर खाँदा उम्रिएका बिरुवा उखेलिएको उनले सुनाईन् । सफाइबाट दुई ट्र्याक्टर फोहरसमेत व्यवस्थापन भयो । सफाइमा कलेजका ४० जना छात्रछात्राको सक्रियता थियो । प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएकामा विद्यार्थी नआउने भएकाले शुक्रबार नै सफाइ गरिएको हो ।

मातृशक्ति सफाइ अभियानले ५३ हप्ता पार गरेको छ । सफाइ अभियानले टोल सरसफाइमा जागरण ल्याएको जनाइएको छ ।
रासस