१२ असार, मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका-१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतीय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
भारतीय रुपैयाँसहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।