Nepal Times
Nepal Times
3
Shares

अमेरिकाबाट आयो नेपाली नयाँ वर्षको शुभकामना

अमेरिकाबाट आयो नेपाली नयाँ वर्षको शुभकामना

चैत ३० ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष वि.सं. २०७५ सालको सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । ट्रम्पको तर्फबाट ह्वाइट हाउसस्थित कार्यकारी सचिव जोन जे सुल्लिभानले विहीबार एक वक्तब्य जारी गर्दै नेपालीहरुलाई नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका हुन् ।

राष्ट्रपति ट्रम्प र अमेरिकन जनताको तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई नयाँ वर्ष पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँु, विज्ञप्तीमा भनिएको छ ।

ट्रम्पले गत वर्ष भएका ठुला उपलब्धिलाई सम्झिँदै नयाँ बर्षको शुभकामना दिएका छन् । नेपाली नयाँ वर्षको खुसियाली बितेको वर्षको उपलब्धिलाई संस्थागत गर्दै मनाउने अवसर दिएको छु, विज्ञप्तिमा भनिएको छ, ुजसमा चुनावबाट निस्किएको शान्तिपुर्ण निचोड पनि रहेको छ। हाम्रा सरकारबीचको समृद्धि र अझ गहराईबाट साझेदारी बढउने भविष्यको बारेमा देख्नु जरुरी छ । यो पनि हाम्रो संस्कृति र समाजका लागि नेपाली र अमेरिकनको योगदानको सम्मान गर्ने एक मौका हो ।

अन्त्यमा ट्रम्पले आफ्नो शुभकामना स्वीकार्न आग्रह गर्दै अबका दिन सुखमय हुने पनि विश्वास व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.